कपिलवस्तु– कपिलवस्तुमा गर्भवती महिलामाथि बलात्कार गर्ने तीन जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको विजयनगर गाँउपालिकाकी ३८ बर्षिय ८ महिनाकी गर्भवती महिलालाई बलात्कार गर्ने तीनजनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो।
भाद्र १२ गते राति श्रीमान घरमा नभएको समयमा आएर विजयनगर ७ परसैयाका २८ बर्षिय बकन्चु केवट, ४० बर्षिय प्रह्लाद केवटले ४२ बर्षिय बर्षादी केवटको सहयोगमा बलात्कार गरिएको भन्दै उनीहररूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितका श्रीमानले तीन जना विरुद्ध दिएको जाहेरी निवेदन र प्रहरीको अनुसन्धानका आधारमा उनीहररूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए। निरीक्षक पौडेलको नेतृत्वमा जाहेरी निवेदन परेकै दिन प्रहरीले प्रसादी केवटलाई प्रक्राउ गरेको थियो।
त्यस्तै १४ गते प्रह्लाद केवटलाई पक्राउ गरिएको र घटनाका मुख्य आरोपीलाई भारतको सन्सरी ठाँउबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ। घटना पछि उनी फरार थिए।
पीडित महिलाको स्थानिय बहादुरगंजमा रहेको शिवराज अस्पतालमा उपचार गरी घर पठाइएको छ।
उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।