सुर्खेत– नेपाल युवा संस्था सञ्जाल (आयोन) कर्णाली प्रदेशले आइतबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई ५ बुँदे मागपत्र बुझाएको छ।
देशभर बालिकामाथि भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागि पहल गर्नुपर्ने भन्दै संस्थाले मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताइन्।
आयोको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल)को समन्वय र जिक विकास तथा प्रवद्र्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालीकोेट लगायत युवाका क्षेत्रमा काम संस्थाहरूले समेत यस कार्यमा ऐक्यवद्धता जनाएका छन्।
स्थानिय तहका प्रत्येक क्षेत्रमा बलात्कार विरुद्धको अभियान सञ्चालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रति विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनि विभेद नगरी दोषीलाई सजाय र पीडितलाई न्यायको आभाष दिलानुपर्ने भन्दै कर्णाली सरकारका सामाजिक विकास मन्त्रीलाई रावललाई मागपत्र बुझाएका हुन्।
माागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री रावलले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए। उनले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था नेपालको सविंधानमा नभएको र नेपालले अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेकाले बलात्कारीलाई जन्मकैद गर्न सकिने बताए।
प्रदेश सरकारले बलात्कार तथा हिंसाजन्य अपराध नियन्त्रणमा विशेष पहल गरेकाले यस्ता किसिमका घटनाहरूको छिट्टै अन्त्य हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।