• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चरी लैजा समाचार, हामी भयौँ बेघरबार...

64x64
शेरबहादुर ऐर शनिबार, साउन २७, २०८०  २०:५३
1140x725

त्यता के के हुँदैछ? यता बाढी पसेर 
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार
चरी लैजा समाचार

संगीत स्रोता र अञ्जान बाबुको यो गीत जस्तै, ठीक यस्तै छ यतिबेला कैलालीका बाढीपीडितको अवस्था। साउन २२ गतेदेखि लगातार चार दिनसम्म परेको वर्षाका कारण भजनी नगरपालिकाका वडा नम्बर ८, २, ३, ५ र ७ नम्बर वडाका बासिन्दा प्रभावित बनेका छन्। त्यहाँका पीडितहरूको बास यतिबेला सडकमा छ। उसो त अनुगमनका लागि सरकार नआएको होइन, तर मुख्यमन्त्रीदेखि सांसदसम्मले आश्वासन दिएर गएपछि फर्की नहेरेको गुनासो उनीहरूको छ।

यतिबेला सडकमा छ उनीहरूको बास।

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ पकरिया पुरुवाकी चम्फीदेवी थारुको बास अहिले हुलाकी सडकमा छ। प्रत्येक वर्ष वर्षा हुँदा उनी सोही सडकमा बस्छिन्। उनी वर्षामा यसरी सडकमा बसिरहेको यो पहिलोपटक होइन। यस्ता धेरै वर्षा उनले सडकमै काटेकी छन्। उसो त हरेक वर्षको बाढीपछि प्रधानमन्त्री, मुख्यमन्त्री, सांसददेखि वडाअध्यक्षसम्म आएर उनलाई आश्वासन दिन्छन्। तर उनको अवस्था जहिल्यै उस्ताको उस्तै छ।

केही भेडाबाख्रा, खानेकुरा अनि लत्ताकपडा सडकमा राखेर बसेकी उनी भन्छिन्, ‘हामी जहिले वर्षामा सडकमा बसिरहेका छौँ। हरेक वर्ष  नेता र मन्त्रीहरू यहाँ आउँछन्, हामी तपाईँहरूको व्यवस्था गर्छु भन्छन्। यस्तो आश्वासन सुनिरहेको पनि धेरै वर्ष भइसके तर, अहिलेसम्म हाम्रो त्यहीँको त्यहीँ छौँ।’ साउन २३ गतेको बाढीले घर डुबानमा परेपछि त्यसदिन यता उनको परिवारको बास यही सडकमा छ।

बस्तीमा बाढी पसेपछि बाटैमा छ भजनी ८ जनकपुरका मानसिंह चौधरीको परिवार पनि। घरमा बाढी पसेपछि उनीहरू जसोतसो ज्यान जोगाएर यो सडकमा आइपुगेका हुन्। बाढीले धेरैथोक बगाएको छ उनको। तर उनको परिवारले जसोतसो एउटा खाट बचाएर ल्याएको छ। त्यसैमा खुला आकाशमुनि रात काटिरहेको छ उनको परिवार। हरेक वर्ष बाढीका कारण विस्थापित हुनुपर्ने बाध्यतामा बाँचेका चौधरीमा अझै सरकारले केही गरिदिन्छ कि भन्ने आशा चाहिँ बाँकी छ। उनी भन्छन्, ‘हामीलाई बस्ती स्थानान्तरण पनि होइन। उच्च घर, उच्च सडक, खानेपानी लगायत निर्माण गरिदिएमा हरेक वर्ष वर्षामा हामी सुरक्षित घरमै बसोबास गर्न पाउने थियौँ।’ पक्की घर, नदी व्यवस्थापन र सुरक्षित सडक भए बस्तीमा बाढी नपस्ने विश्वास उनको छ।

हरेक वर्ष यो वस्तीमा बाढी पस्ने गरेको छ। र, हरेक वर्ष सरकारको नेतृत्वमा एउटा टोली पुगेर यहाँ आश्वासन भने दिने गरेको छ। शनिबार मात्रै मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरू कैलालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । प्रदेशका मुख्यमन्त्री शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवासहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको जम्बो टोलीसहित प्रभावित क्षेत्रको निरिक्षण शनिबार निरीक्षण गरे।

nimb
nimb
Ncell 2
Ncell 2

मुख्यमन्त्री र मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा आएको जानकारी पाएपछि केही राहत पाइने आशामा पीडित बसेका थिए। तर उनीहरूले यो पटक पनि आश्वासन मात्रै पाए।  राहतमा चाउचाउ र चिउरा पाए। तर उनीहरूको एकै स्वर थियो–हामीलाई अहिले चाउचाउ, चिउरा होइन । शुद्ध खानेपानी चाहिएको छ । घरका नल्का सबै डुबेका छन् । पानीको व्यवस्था कहाँबाट गर्ने भन्ने समस्या छ ।’

मुख्यमन्त्रीसहितको टोली पुगेर आश्वासन दिए पनि पीडितको घाउमा भने मल्हमा लागेन। भजनी नगरपालिका–६ बेलाहाका खुशीराम चौधरीले आक्रोश पोखे, ‘खाली आफ्नो रित पुरा गर्न आउँछन् । आएनन् भने कसरी भत्ता पच्छ होला ? यिनीहरूको त मुखसम्म हेर्न मन लाग्दैन । हाम्रो त सधैँ यस्तै हो । हामी त कसैको चुनावी एजेण्डा मात्र हो । हाम्रो समस्या समाधान गर्ने भनेर भोट पनि माग्छन् । सधैँका लागि समस्या समाधान भयो भने भोट माग्ने बहाना पनि सकिन्छ होला, होइन र !’

उस्तै आक्रोशसहितको पीडा पोखिन् पीडित कल्पना चौधरीले। उनले भनिन्, ‘जिउ ज्यान जोगाउनै आपत छ । घर डुबान भएपछि सांसददेखि प्रधानमन्त्रीसम्म हामीलाई हेर्न आउँछन् । अवलोकन गर्छन्, जान्छन् । तर हाम्रो हालत प्रत्येक वर्ष उस्ताको उस्तै छ ।’ 

भजनी नगरपालिकाका बाढी पीडितहरू राहत नभई अहिले शुद्ध खानेपानीको खोजीमा रहँदा सरकारको जम्बो टोलीले प्रभावित क्षेत्रमा पगेर निरिक्षण मात्र गरेको पीडितहरूको गुनासो छ। साउन २२ गतेदेखि लगातार चार दिनसम्म परेको वर्षाका कारण भजनी नगरपालिकाका वडा नम्बर ८, २, ३, ५ र ७ नम्बर वडाका वासिन्दा प्रभावित बनेका छन् ।

भजनी नगरपालिकाका मेयर केबल चौधरीले पानीको व्यवस्था गरिरहेको बताए। उनले भने, ‘हामीले अहिले पानीको व्यवस्था गरिरहेका छौँ। पीडितहरूलाई चाउचाउ चिउरा दिनका लागि पनि विभिन्न संघ–संस्थासँग कुराकानी भइरहेको छ।’ 

उनका अनुसार बाढी प्रभावित कोही घरमा रहेका छन्, कोही सडक र कोही वनमा बसोबास गरिरहेका छन् । सो नगरपालिकामा वर्षाका कारण नौ सय बढी घरपरिवार विस्थापित भएको जानकारी मेयर चौधरीले दिए।

बाढी प्रभावित क्षेत्रको यसअघि प्रदेशका सभामुख भीमबहादुर भण्डारीसहित संसदीय टोलीले पनि निरीक्षण गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार अहिले जलसतह घट्दै गएपछि विस्थापित परिवार क्रमशः घर फर्किरहेका छन् । तर, प्रदेशमा अझै भारी वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउनु जरुरी छ । 

चार दिन लगातार परेको वर्षाका कारण मानविय क्षति नभएपनि भौतिक तथा आर्थिक क्षति अत्यधिक भएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। सो वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएको छ। र उक्त बाटो अहिलेसम्म अवरुद्ध रहेको छ । सुरक्षा निकायले सडक सूचारु गर्न प्रयास गरिरहेपनि अहिलेसम्म पहिरो पन्छयाउने कार्य जारी रहेको उनले बताए।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्