जन्मेको हुन्छ नेपाली
भिजेर आफ्नै माटोमा
हुर्केका वीर नेपाली
पाखा फाँट पाटोमा
मिलेर बस्छ नेपाली
हिमाल, पहाड, तराई
शान्ति, प्रेमी नेपाली
भन्दैन कोही पराई
श्रम गर्छन् नेपाली
बलिया छन् पाखरा
तर्छन सागर नेपाली
चढ्छन् सगर टाकुरा
वीरका सन्तान नेपाली
तातो चिसो पचायो
शीरमा राष्ट्र नेपाली
राखेर शान बचायो
पौरख गर्छन् नेपाली
हट्दैनन् पछि कहिल्यै
संसारले चिन्यो नेपाली
आजभन्दा धेरै पहिल्यै
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।