काठमाडौं– सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रिहा गरेको छ।
शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। संकास्पद गतिविधि रहेको भन्दै राजश्व अनुसन्धान विभागको सिफारिसमा अध्यागमनले ‘ब्याकलिष्ट’मा राखेको थियो।
राजश्वले पक्राउ गरेर हिजै सीआईबीलाई बुझाएको थियो। तर सीआईबीले भने सुन प्रकरणमा उनीहरुको संलग्नता पुष्टि नभएको भन्दै रिहा गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।