काठमाडौं– एक क्विन्टल सुन तस्करी प्रकरणमा शुक्रबार दिउँसो पक्राउ परेका रोहन अडुकियालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझ्न मानेन।
दिल्लीबाट शुक्रबार दिउँसो एअर इन्डिगो उडानबाट काठमाडौं आएका अडुकियालाई अध्यागमन जाँचका क्रममा नियन्त्रणमा लिइएको थियो।
राजश्व अनुसन्धान विभागले शुक्रबार साँझ सीआईबीलाई बुझाउन खोजे पनि सीआईबीले उनलाई बुझ्न मानेन। त्यसपछि उनलाई अध्यागमनकै हिरासतमा राखिएको छ।
सुन तस्करी प्रकरणमा रोहनका बु्बा राकेश अडुकिया संलग्न देखिएका आधारमा शुक्रबार रोहनलाई पनि पक्राउ गरिएको हो।
अध्यागमनले अडुकियालाई नियमन्त्रणमा लिनेबित्तिकै राजश्व अनुसन्धान विभागमा पठाउन खोज्यो। तर राजश्वले पनि बुझ्न मानेन। विभागले यो प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको भन्दै बुझ्न अनुरोध गर्यो। सीआईबीले पनि रोहनको सुन तस्करीमा नेक्सस नदेखिएको भन्दै बुझ्न मानेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।