काठमाडौं- नक्कली नोटसहित प्रहरीले ९ जनालाई थानकोटबाट पक्राउ गरेको छ। नक्कली नोटसहित पक्राउ परेका सबैलाई अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी नगरपालिका- ७ घर भई भक्तपर चाँगुनारायण बस्ने ४० वर्षीय अर्जुन सुवेदी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका- ६ घर भई काठमाडौं मुलपानी बस्ने २१ वर्षका मिलन भण्डारी, सो स्थानका २३ वर्षीय श्रीकृष्ण भण्डारी, सोही स्थानमा घर भई काठमाडौं पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की छन्।
यस्तै सोही स्थानमा घर भई मुलपानी बस्ने ३२ वर्षीय शिव भण्डारी, नवलपरासी घर भई काभ्रे बस्ने ३५ वर्षीया पार्वती नेपाली, गुल्मी घर भई सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा र झापा घर भई काठमाडौं सामाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट १५ सय वटा हजारका १५ लाख बराबरको नक्कली नोट, कलर प्रिन्टर एक थान, कम्प्युटर एक सेट, मोबाइल १२ थान र चार वटा स्कुटी बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।