काठमाडौं- सय किलो सुन प्रकरणमा चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका छन्। उनीरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो।
यो प्रकरणमा हालसम्म पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।