बागलुङ– बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ। बुधबार हटिया प्रहरी चौकीको टोलीले ५ थान तथा नरेठाँटी प्रहरी चौकीको टोली १ थान भरुवा बन्दुक बरामद गरेको हो।
गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा १ थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।