काठमाडौं– बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा पहिरोका कारण ४ घर पूर्णरुपले क्षति भएका छन्।
राधिका धिताल, सुशिला बस्नेत, चित्र बहादुर बस्नेत र विवेक तामाङको घर पूर्णरुपले क्षति भएको हो। केही दिन अघिबाट परेको निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएपछि अन्य १३ घर पनि पहिरोको जोखिममा रहेको वडा अध्यक्ष विजय लामाले बताए।
पुनःनिर्माण प्राधिकरणका भूगर्भविद्ले पहिरोको विषयमा स्थलगत रिपोर्टिङ गर्न आएता पनि पहिरो नियन्त्रणको विषयमा थप केही जानकारी नगराएको वडा अध्यक्ष लामाले जानकारी दिए। लामाका अनुसार वर्षासँगै आएको पहिरो र जमिन फाटिने क्रम बढेकाले थप १० घर समेत जोखिममा रहेका छन्।
यद्यपि, पहिरोका कारण जोखिममा रहेका सबै घर परिवारलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।