विराटनगर– छिमेकीसँग कुटाकुट हुँदा मोरङमा एक व्यक्तिको मृत्यु भएको छ।
जहदा गाउँपालिका–५ का अन्दाजी ५६ वर्षीय चन्द्रप्रसाद मण्डलको मृत्यु भएको हो। छिमेकी सहदेव मण्डलसँग भएको विवादका क्रममा कुटाकुट हुँदा उनी गम्भीर घाइते भएका थिए।
कोशी अञ्चल अस्पताल विराटनगरमा उपचाररत चन्द्रप्रसादको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।