डडेल्धुरा– डडेल्धुराबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको अमरगढी नगरपालिका- १ स्याउलेबाट अछामको साफेबगर नगरपालिका ४ का २९ वर्षीय अशोक स्वार र चौरपाटी गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको छ।
‘धनगढीबाट अछामतर्फ जाँदै गरेको सुपप्र ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको हो,’ उनले भने, ‘दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।