काठमाडौं– आफ्नै नातिनीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा काठमाडौंको स्वयम्भूबाट ७३ वर्षीय वृद्धलाई पक्राउ गरेर मुद्दा चलाइएको छ। मावल गएकी नातिनीलाई ७३ वर्षीय महर्जन थरका वृद्धले बाल यौन दुर्व्यवहार गरेको खुलेपछि उनीविरुद्ध मुद्दा चलाइएको छ।
२५ दिनअघि पक्राउ परेका स्वयम्भूबाट पक्राउ परेका ७३ वर्षीय महर्जन थरका ती वृद्धविरुद्ध जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोगको कसुरमा मुद्दा दर्ता गरिएको छ। १७ वर्षीया बालिका मावल गएकी थिइन्। मावलका ७३ वर्षीय महर्जन थरका हजुरबुवाको आँखामा समस्या भएकाले औषधी हाल्नुपर्ने थियो। उनले हजुरबुवाको आँखामा औषधि राखिदिइन्। औषधी राख्नेबेला मै ७३ वर्षीय हजुरबुवाले आफ्नो संवेदनशील अंगमा समातेको ती बालिकाको भनाइ छ।
त्यसपछि राति बालिका सुतेको ठाउँमा आएर ७३ वर्षीय हजुरबुवाले संवेदनशील अंगमा छुने, चलाउने, गाला मुसार्ने, चुम्बन गरेपछि बालिकाले उक्त कुरा सार्वजनिक गरेकी थिइन्। बालिकाका आफन्तले प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएपछि ती वृद्ध पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।