राजविराज– सप्तरीमा सर्पदंशका बिरामीको संख्यामा वृद्धि भएको छ। सर्पदंशबाट शनिबार एकै दिन दुई जना बिरामी परेका छन्।
राजविराज नगरपालिका– ६ का साहिल चौधरी र तिलाठी कोइलाडी गाउँपालिका–४ की सुनिता देवी राउतलाई सर्पले टोकेको हो।
चौधरीलाइ घरमा सुतिरहेको बेला र राउतलाई फूल टिप्न गएको बेला सर्पले डसेको परिवारका सदस्यले जनाएका छन्। सिकिस्त दुवैको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
बढ्दो गर्मी र फाटफुट वर्षासँगै सर्पको बिगबिगी वढेको छ। विगत २ महिना भित्रै ७१ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल भर्ना भएको आकस्मिक कक्षका अहेव गुन्जन गुरुमैताले बताए।
दैनिक २ देखि ४ जनासम्म सर्पदंशका बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए। सर्पदंशका घटनामा वृद्दि भएपछि ‘एन्टिस्नेक भेन’ प्रयाप्त मात्रामा भण्डारण गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।