सुर्खेत– सर्पको टोकाइबाट शनिबार एक बालिकाको मृत्यु भएको छ।
पञ्चपुरी नगरपालिका–४ मा सर्पको टोकाइबाट आठ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।
बालिकालाई सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चौधरीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।