काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातु १०० ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन्। सुनजस्तो देखिने धातुको बाला बनाएर ल्याएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए। शुक्रबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुनजस्तो देखिने धातुको बालासहित पक्राउ गरिएको हो।
पक्राउ परेका इस्हाबलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।