कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। सेक्टर वन कार्यालय पहलमानपुरको छउमै रहेको जंगलमा रुखको फेदमा झुन्डिएको अवस्थामा २० वर्षीय दिपक कुमार वलीको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
बझाङ घर भई हाल पहलमानपुरमा कृषि जेटिए अध्ययनरत वलीको शव झुन्डिएको अवस्थामा फेला परेको हो। युवकको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर झुन्डाएको हुन सक्ने स्थानीयले आशंंका गरेका छन्। प्रहरीले भने आत्महत्या नै गरेको अनुमान गरेको छ। यद्यपि पोष्टमार्टमपछी मात्र सत्यतथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ। बिहान महिलाहरू जंगलमा घाँस काट्न जाने क्रममा झुन्डिएको अवस्थामा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।