बाग्लुङ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छन्।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले सहकारी कम तर प्रभावकारी हुनुपर्नेमा जोड दिइन्। ‘सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ उनले भनिन्, ‘अब एकीकरणतर्फ जानुपर्छ।’
उनले सरकारले एकीकरण अभियान चलाएपनि अपेक्षित रुपमा सहकारी एकीकरण नभएको बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।