• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनौतीको घेरामा ३१औँ प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ, शुद्धीकरणदेखि न्यायाधीश नियुक्तिसम्म 

64x64
दुर्गा दुलाल बिहीबार, साउन १८, २०८०  २०:००
1140x725

काठमाडौं– संवैधानिक परिषद्को दोस्रो बैठकले सर्वोच्च अदालतको ३१औँ प्रधानन्यायाधीशका लागि विश्वभरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। मंगलबार नै सिफारिस गर्ने भनिए पनि एकमत हुन नसक्दा बिहीबारसम्मका लागि सरेको थियो।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले नयाँ नेतृत्वको लागि श्रेष्ठको नाम सिफारिस गरेको छ। अब उनको नाम संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समितिमा जाने छ। सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गर्दै उक्त उजुरीमा छलफल गरेर श्रेष्ठको सुनुवाइ गर्ने छ। सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्दै शपथ खुवाउने छन्।

शपथ लिएर पदाभार ग्रहण गरेपछि विश्वभरप्रसाद श्रेष्ठको चुनौती सुरु हुने छ। श्रेष्ठको आगामी यात्रा सहज भने पक्कै छैन। सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्व न्यायाधीशहरुले पनि उनीसामु धेरै चुनौती रहेको टिप्पणी गरेका छन्।

महाभियोग लागेका चोलेन्द्र शमशेर राणाले संसदीय समितिमा उभिएर नेतृत्वमा पुग्ने सबैको लोभका कारण आफूमाथि महाभियोग लगाइएको आरोप लगाएका थिए। तिनै राणाको पेन्सन विवाद बाँकी नै छ। राणाको विपक्षमा खुलेर उभिएका श्रेष्ठलाई यो विवाद पनि आफ्नो कार्यकालमा मिलाउनुपर्ने छ। त्यस्तै दीपककुमार कार्की र हरिकृष्ण कार्कीले थालेको न्यायालय शुद्धीकरणलाई पनि टुङ्गोमा पुर्‍याउनुपर्ने चुनौती छ। साथै सर्वोच्चले निर्माण गरेको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदन कार्यान्वयनको चुनौती पनि उनलाई छ।

हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको समितिले अदालतभित्र हुने भ्रष्टाचार र विचौलिया नियन्त्रणका लागि सुझाव दिएका थियो। कार्कीले आफ्नो कार्यकालमा उक्त काम गर्न सकेनन् त्यसको स्वत जिम्मेवारी उनमा सर्ने छ।

भवन निर्माणको विवादमा के गर्लान्? 
चोलेन्द्र शमशेरको पालामा सुरु भएको सर्वोच्चको भवन निर्माणसम्बन्धी अनियमितता छानबिन नभई अलपत्र रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धानमा विचाराधीन भएपछि सर्वोच्चको नेतृत्वले चासो नदिँदा फाइल अघि बढ्न सकेको छैन। त्यस्तै सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको सार्वजनिक प्रश्न उठिरहेकाले त्यसलाई पनि उनले नै टुङ्गोमा पुर्‍याउनुपर्ने छ। 

भवन निर्माणमा राणाले एउटा मात्र ठेकेदार कम्पनीलाई योग्य बनाउदै करिब १ अर्ब चलखेल गरेका थिए। उक्त कुराको खुलासा नेपाल लाइभले गरेको थियो। लगत्तै अख्तियारलाई छानबिन गर्न तत्कालीन कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले पत्र नै लेखेर अनुरोध गरेका थिए। हालसम्म उक्त भवन निर्माणको ठोस छानबिन र कारबाही अघि बढ्न सकेको छैन।

न्यायाधीशमाथिको कारबाही टुंग्याउनुपर्ने 
न्याय परिषद्ले केही न्यायाधीशमाथि छानबिन गरिरहेको छ। समितिले उनीहरुमाथि गरिएको छानबिनको प्रतिवेदन पनि बुझाइसकेको छ। अब त्यसलाई निर्णय गर्ने जिम्मेवारी कार्कीकै काँधमा छ। दिपकुमार कार्कीको समयमा सुरु भएको छानबिन यो अवधिमा अलपत्र झै रहेको छ। अनुसन्धानका लागि तानिएका न्यायाधीशहरु सर्वोच्चमा हाजिर गरेर बसिरहेका छन्। अनुसन्धानमा तानिएका केही न्यायाधीशले त अवकाशसमेत पाइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी न्याय परिषद्को अध्यक्षसमेत भएकाले आगामी दिनमा हुने न्यायाधीश नियुक्तिदेखि अन्य कुरामा प्रश्न उठ्ने छ। त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि परिषद्ले आवेदन संकलन गरेको छ। उक्त नियुक्तिलाई पनि पारदर्शी बनाउनुपर्ने छ। जिल्ला अदालतबाट न्यायाधीशको रुपमा प्रवेश गरेका श्रेष्ठसँग सबै अनुभव भएकाले उनले न्यायाधीश नियुक्तिलाई व्यवस्थित र सक्षम व्यक्ति नियुक्त गर्ने आस गरिएको छ। 

प्रधानन्यायाधीश कार्कीसँग अन्य अदालतमा काम गरेको अनुभव नभएका कारण उनले न्यायाधीश नियुक्त गर्न सकेनन्। तर श्रेष्ठलाई  ढिलाई गर्ने अवसर हुने छैन। किन भने नियुक्तिमा कार्यरत रहेका न्यायाधीशहरुलाई न्याय गर्नुपर्ने छ। 

२०१६ असोज २० गते जन्मिएका श्रेष्ठले २०८१ असोज २० गते अवकाश पाउनेछन्। करिब १४ महिना सर्वोच्चको नेतृत्व गर्नेछन्। सर्वोच्च अदालतका एक न्यायाधीशले आगामी दिन श्रेष्ठका लागि सहकर्मीहरु सहज भएकाले पनि काम गर्ने इच्छाशक्ति देखाउने र असल नेतृत्व प्रदर्शन गरेमा न्यायालयमाथि उठिरहेका प्रश्न कम हुने बताए। ‘न्यायालयलाई सही बाटोमा हिँडाउने प्रयास गर्ने अवसर रहेको छ,’ एक न्यायाधीशले भने, ‘चुनौती धेरै छन् त्यसलाई कसरी व्यवस्थापन गर्ने श्रेष्ठको क्षमतामा भर पर्छ।’

कानुन मन्त्रालयको अस्थायी जागिरदेखि सर्वोच्चको प्रधानन्यायाधीशसम्म
श्रेष्ठको एउटै रुचि थियो कानुन क्षेत्रमा लाग्ने। यही रुचि र चाहनाका कारण उनी सुरुमा कानुन मन्त्रालयमा अस्थायी जागिरेको रुपमा प्रवेश गरे। यही रुचिले २०३९ वैशाख ६ गते उनलाई न्यायिक क्षेत्रमा प्रवेश गरायो। उनी सुरुमा कानुन मन्त्रालयमा शाखा अधिकृत अस्थायी नियुक्ति पाए अनि कानुनमा काम गर्न थाले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०४१ साल पुस ११ गते उनी सुदुर पश्चिमाञ्चलको तेस्रो श्रेणीको अधिकृत हुँदै स्थायी जागिरे भए। २०४५ जेठ ३ गते उनी बढुवा हुँदै दार्चुला जिल्ला अदालतको श्रेष्तेदार हुन पुगे। २०४९ चैत १ गते सर्वोच्चमा उप रजिष्ट्रार भएर बढुवा भए। सर्वोच्चको उप रजिष्ट्रार भए पनि उनी न्यायाधीशको रुपमा सिफारिस भए। उप रजिष्ट्रार भएको एक वर्षपछि २०५० साल चैत १५ गते उनी जिल्ला न्यायाधीश भए। उदयपुर जिल्ला अदालतबाट उनले आफ्नो न्यायाधीशको यात्रा सुरु गरे।

२०५० चैत १५ गते जिल्ला न्यायाधीश भएका श्रेष्ठले देभभरका अधिकांश जिल्ला अदालतमा रहेर न्याय सम्पादन गरे। उदयपुर जिल्ला अदलतबाट न्यायाधीशको रुपमा सुरु गरेका उनी मकवानपुर, झापा, बाँके, काठमाडौं लगायत जिल्लामा रहेर न्याय निरुपण गरे। यो अवधिमा कुनै पनि विवादमा उनी परेनन्। अब्बल न्यायाधीशको रुपमा उनी सधैं विवादरहित अघि बढे।

२०६२ चैत १० गते उनी उच्च अदालतको न्यायाधीश नियुक्त भए। उनी बाग्लुङ, पोखरा, पाटन र हेटौंडामा रहँदै न्याय निरुपणमा सक्रिय भए। २०७१ भदौ १० गते   उनी उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस भए। पोखरा र हेटौंडामा रहेर उनले उच्च अदालत हाँके। २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीशको रुपमा सिफारिस भए। सर्वोच्चको स्थायी न्यायाधीश भएको ७ वर्षपछि उनी सर्वोच्चको ३१औँ प्रधान न्यायाधीशमा सिफारिस भएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त... मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएक... मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्