काठमाडौं– प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले संवैधानिक परिषद्को बैठक जारी छ। प्रधानन्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल गर्न बैठक चलिरहेको हो।
तर बैठक जारी रहेका बेला गृहमन्त्रीसहित सीआईबीका प्रमुख र आईजीपी पनि बैठकस्थलमा प्रवेश गरेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरीका आईजीपी बसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य बैठकस्थलमा प्रवेश गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषद्को बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीले गृहमन्त्रीसहित प्रहरी प्रमुख र सीआईबीका प्रमुखसँग पछिल्लो सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणबारे छलफल गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।