• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

न्यायको आश्वासनमात्रै पाउँछन् वैदेशिक रोजगार पीडित

64x64
नेपाल लाइभ आइतबार, भदौ १७, २०७५  ०१:२५
1140x725

काठमाडौं–  वैदेशिक रोजगार विभागले रोजगारीमा कामदार पठाउँदा समस्यामा पार्ने म्यानपावर कम्पनीमाथिको कारबाही कागजमा मात्रै सीमित हुने गरेको पाइएको छ। विभागले पीडित कामदारले दिएको उजुरीलाई औपचारिकताका लागि म्यानपावरको कामकारबाही रोक्का गरी कारबाही गर्न आश्वासन मात्रै दिने गरेको पीडितकै गुनासो छ। 

वैदेशिक रोजगारीमा कामदार पठाउँदा विदेशमा समस्यामा परेका कामदारले न्यायका लागि विभागमा उजुरी गरेपछि म्यानपावरको कामकारबाही रोक्का गरेर कारबाही अघि बढाउने कानुनी व्यवस्था छ। यसरी रोक्का गरिएका म्यानपावर कम्पनीले कामदारलाई दिनुपर्ने क्षतिपूर्ति र उजुरीको फरफारक नै नगरी काम गर्ने गरेको वैदेशिक रोजगार पीडितको गुनासो छ।

 लिभरपुल इम्प्लोइमेन्ट सभिर्स प्रालिबाट तीन महिनाअघि युएई गएका सुमन काफ्ले र पारस पाण्डे नेपालबाट त्यहाँ जादाँ सम्झौता गरेअनुसारको पारिश्रमिक र सेवासुविधा कम्पनीले नदिएपछि स्वदेश फर्किएर विभागमा उजुरी गरेका थिए। उनीहरूले म्यानपावर विरुद्ध उजुरी गरेपछि विभागको उजुरी शाखाले म्यानपावर सञ्चालकलाई बोलाएर कम्पनीको कामकारबाही रोक्का गरिएको जानकारी गराएको थियो। तर, विभागले गरेको कारबाही रोक्काले म्यानपावरलाई केही असर नगरेको विभागमा भेटिएका पाण्डे र काफ्ले बताए।

 उजुरी गरेका १ महिनाभन्दा बढी भए पनि म्यानपावरले तोकिएको समयसम्म उनीहरूको समस्या समाधान गरेको छैन। विभागले काम रोक्का गरेको दाबी गरेपनि म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेर कामदार पठाइरहेको काफ्लेको आरोप छ। उनीहरूले गत साउन ७ मा विभागमा उजुरी दर्ता गराएका थिए तर म्यानपवारको काम कारबाही फुकुवा नगरी काम गर्न विभागले अनुमति दिएको पीडितको दाबी छ।  

धनकुटाका जीवन कटुवाल र विष्णु भट्टाराई टाइगर ओभरसिर्स इम्प्लोइमेन्ट प्रालिबाट रोजगारीका लागि युएई गएका थिए। कतार रोजगारीमा जादाँ नेपालमा म्यानपावरसँग सम्झौता भए अनुसारको काम र सेवा सुविधा नपाएपछि फर्किएर आएका उनीहरूले उक्त म्यानपावरका नाममा विभागमा उजुरी गरेको बताए।उजुरी गरेको दुई साता भएपनि म्यानपावर सञ्चालकले दिनैपिच्छे टार्न गरेको कटुवालले गुनासो गरे।

Ncell 2
Ncell 2
nimb
nimb

 उजुरी गरेको केही दिनपछि विभागले म्यानपावर सञ्चालक बोलाएर काम कारबाही रोक्का गरेको भन्दै चाँडै मुद्दाको सुनुवाइ हुन्छ भनेर फकाएपनि अहिलेसम्म नभएको उनको आरोप छ। म्यानपावरले आजभोली भन्दै टारेर झुलाउन खोजेको उनले गुनासो गरे। उक्त म्यानपावरले पनि श्रम स्वीकृति निकालेर कामदार विदेश पठाइरहेको पाइएको छ। उनीहरूजस्ता धेरै पीडित विभागमा उजुरी लिएर आउने गरेका छन्।

विभागमा दैनिक १० जनाभन्दा बढी यस्तै उजुरी पर्ने गरेको विभागको मुद्दा दर्ता शाखाले जानकारी दिएको छ।विभागमा भेटिएका वसन्त चापागार्इं पनि ६ महिना अघि एसियन लिक सभिर्स प्रालिबाट कतार गएका थिए। उनले हातमा सीप नभएको कामका लागि म्यानपावरले कतार पठाएपछि स्वदेश फर्किएर न्याय खोज्न विभागमा आएका बताए। चापागार्इं म्यानपावरमा आफैं फर्किएर आएपछि कुराकानी गर्न जाँदा सञ्चालकले थर्काएर पठाएको बताए। न्याय खोज्न जादाँ अन्यायमा पर्ने डर भएको उनको भनाइ छ। 

विभागमै भेटिएका पीडितकै भनाइलाई आधार मान्ने हो भने वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किएका कामदारले न्यायभन्दा धेरै आश्वासान मात्र पाउने गरेको देखिन्छ।म्यानपावर कम्पनीले विभागका कर्मचारीका अगाडी नै पीडितलाई हप्काउने र धम्काउने गरेका छन्। कर्मचारीकै अगाडी यस्तो हर्कत हुदाँ पनि विभागका कर्मचारी मौन भएर रमिता हेर्ने गरेको पीडितको गुनासो छ।

Xtrem
Xtrem

म्यानपावर सञ्चालकले कामकारबाही रोक्का हुँदा अन्य कामदारलाई रोजगारीमा पठाउन समस्या भएको भन्दै विभागमा अनुरोध गरी फुकुवा गर्ने गरेका छन्। यस विषयमा विभागका कर्मचारी जानकार रहे पनि अनभिज्ञता प्रकट गर्ने गरेको पीडितहरू बताउँछन्।कतिपय महत्वपूर्ण घटना माथिसम्म आइनपुग्दा पीडित न्यायबाट वञ्चित हुनुपरेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागार्इं स्वीकार गर्छन्।

यस्ता मुद्दाका विषयमा आफूलाई जानकारी नभएको भन्दै आगामी दिनमा त्यसरी रोक्का राखिएको म्यानपावरलाई समस्या समाधान नभएसम्म फुकुवा नगरिने महानिर्देशक चापागार्इंले बताए।वैदेशिक रोजगार ऐन २०६४ को दफा ५४ अनुसार त्यसरी अटेरी गर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रोपटक ५० हजार रुपैयाँ जरिवाना र तेस्रोपटक पनि सोही कसुर दोहोर्‍याएमा १ लाख रुपैयाँ जरिवाना गरी इजाजतसमेत रद्द गर्नसक्ने व्यवस्था र अधिकार विभागसँग छ। 

तर, विभागले अधिकारको प्रयोग गरेको पाइँदैन। विभागमा पीडित आएर रोइ कराई गरेपछिमात्र चासो दिएर काम गर्ने गरेको पीडितको आरोप छ।  विभागमा एउटा म्यानपावरका नाममा १ सय २० वटासम्म उजुरी परेका छन्। ती म्यानपावरलाई विभागले काननुअनुसार कारबाही गरेको प्रमाण नै छैन।

विभागले गर्ने कारबाही फितलो हुँदा म्यानपावर कम्पनीको मनोबल बढेर यस्ता घटना दोहोर्‍याउने गरेका पीडितको गुनासो छ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  ०१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
सम्बन्धित सामग्री
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्