काठमाडौँ– लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०।७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलव २२ बिन्दुले बढेको छ।
आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ० दशमलव ८५, वित्त क्षेत्र ४ दशमलव ५१ र अन्य समूह ८ दशमलव ६७ अंकले उकालो लागेको छ भने बैंकिङ ० दशमलव ३, व्यापार ३ दशमलव ३८, होटल ६ दशमलव २१, बीमा ८ दशमलव ९९ र उत्पादन समूहका शेयर ११ दशमलव ६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।