• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरोकारवालाको सुझाव– फोहोर व्यवस्थापनका लागि काठमाडौंबासीलाई प्रशिक्षण दिनु पर्‍यो

64x64
नेपाल लाइभ बुधबार, साउन १७, २०८०  १०:५७
1140x725

काठमाडौं– सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौंका बासिन्दालाई प्रशिक्षण दिन सुझाव दिएका छन्। घरबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापनका लागि स्थानीयलाई प्रशिक्षण आवश्यक रहेको उनीहरुको भनाइ छ। 

शहरी विकास मन्त्रालयमा मंगलबार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन्। 

प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताए। पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताए। 

अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट नभइ डम्पीङ साइटमा परिणत भएको पाण्डेले उल्लेख गरे। स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने उनको धारणा छ। उनले काठमाडौं उपत्यकाका नागरिकलाई २/३ महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताए। 

सांसद पाण्डेले भने, ‘मुख्यतः अल्पकालीन र दीर्घकालीन व्यवस्थाका बारेमा छलफल भयो। हामीले सुझाव दियौं। फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले के भोगिरहेका छन्? कति फोहोर छ? कति अव्यवस्थित छ? काठमाडौंमा बस्दै आएका ६५ लाख नागरिकले गरेको फोहोर लगेर २ वटा पालिकामा फ्याँकिदिएर त्यो जनताले भोगिरहेको समस्याका बारेमा, भोगिरहेको पीडा त्यहाँका जनप्रतिनिधिमार्फत् सबैलाई जानकारी दिने काम भयो। अहिले लैजाने गरेको फोहोर हामीले ल्याण्डफिल्ड साइट भन्छौं, त्यो ल्याण्डफिल्ड साइट होइन डम्पीङ साइट हो। पहिलेदेखि नै सबै फोहोर घर्‍यापघुरुप उठाउने। फलामका किलादेखि फुटेका सिसासम्म सबै फ्याँकिदिने कार्य भइरहेको छ। यो खालको अव्यवस्था अन्त्य गर्नुपर्‍यो भनेर सल्लाह दियौं। टेलिभिजनमार्फत् शहरका जनतालाई २/३ महिना लगाएर फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिऔं। फोहोर घर–घरमै छुट्याऔं। नगरपालीकाले ३ रङका थैलाहरु पठाओस्, एउटा मल बनाउन सकिने कुहिएर जाने फोहोर, अर्को रिसाइकल गर्न सकिने फोहोर र अर्को डम्पिङ नै गर्नुपर्ने फोहोर। यी फोहोरहरुलाई त्यस्तै रङका गाडीमा लैजाने बन्दोबस्तो गरौं। रिसाइकल हुन सक्ने फोहोरलाई उद्योगका रुपमा विकास गरौं। मल, पेपर, प्लाष्टिक उद्योग हुनसक्छ। डम्पिङ त थोरैमा लगेर फ्याँके पुग्छ, त्यो खालको काम गरौं भनेर हामीले सुझाव दियौँ। ढुवानी गर्दा थोत्रा ट्रकमा झोल चुहाउँदै लैजानुपर्छ। काठमाडौंदेखि गन्हाउँदै पुग्छ। त्यहाँ पनि झोलको पोखरी छ। स्थायी रुपमा फोहोरको व्यवस्थापन गर्न पनि सल्लाह दियौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनले फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने बताए। फोहोर व्यवस्थापन गर्न बसाइँसराइ निरुत्साहित गर्नुपर्ने उनले सुझाव दिए। 

सुवालले भने, ‘काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका मानिस बस्ने, फोहोर त टनाटन हुने भयो। त्यसैले सरकारको पनि संलग्नता चाहियो। देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। बसाइँसराइ बढीरहेको छ। बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ। फोहोर सरुवा रोगसँग सम्बन्धित छ। फोहोरमैलाको बन्दोबस्तो गर्नुपर्छ।’

धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने कि गोली खाएर मर्ने भन्ने २ वटा विकल्प मात्रै बाँकी रहेको बताए। उनले फोहोरको दीर्घकालीन समाधानसँगै तत्कालीन समाधान पनि खोजिनुपर्ने बताए। आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राखे। 

Xtrem
Xtrem

आचार्यले भने, ‘शहरी विकास मन्त्रीज्युको अध्यक्षतामा एउटा सहजिकरण समिति छ। त्यो क्याबिनेट डिसिजनबाट बनेको समिति हो। दीर्घकालीन योजनाबारे सुझाव लिइएको हो। कार्ययोजना उहाँहरुले प्रश्तुत गर्नुभयो। कार्ययोजनामा दीर्घकालीन सोचका कुराहरु छन्। हाम्रो सुझाव के रह्यो भने दीर्घकालीनले मात्रै पुग्दैन आजको समस्या हल हुनुपर्छ। काठमाडौं महानगरपालीका १ वर्षदेखि सम्पर्कविच्छेद गरेर बस्यो। र, त्यहाँका जनतालाई प्रहरी लगाउने काम भयो। बञ्चरेडाँडा नितान्त धुनिबेंसीको भूभाग हो। तर, फोहोरको उचित व्यवस्थापन हुनै सकेन। फोहोरको लिच्चडका कारण नागरिकहरु बस्न सक्ने अवस्थामा छैनन्। हाम्रो भनाइ के हो भने दीर्घकालीन, मध्यकालीन र अल्पकालीन तीनै खालका कार्ययोजना बन्नुपर्छ। त्यहाँका नागरिक बस्नसक्ने अवस्थामा छैनन्। हाम्रा नागरिकहरु फोहोर सुंगेर मर्ने कि गोली खाएर मर्ने २ वटा विकल्प मात्रै बाँकी छन्। कार्ययोजना त धेरै नै बनिसके। धेरै वटा कार्ययोजना र धेरै छानबिन हामीले हेरिसकेका छौं। कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्छ। अहिले खोलामा लिच्चड बगिरहेको छ। जसले गर्दा किसानले खेतीपाती गर्न पाएका छैनन्। लिच्चड बग्न नदिने समस्याको समाधान राज्यले तत्काल खोज्नुपर्छ। फोहोर र मान्छे एकै ठाउँमा बस्न सक्दैनन्। त्यहाँ बस्ने नागरिकलाई अन्यत्र व्यवस्थापन गरिदिनुपर्‍यो।’ 

शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी गाउँपालिका अध्यक्ष र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो। 

शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्रीसमक्ष पेस गर्ने योजना बनाएको छ। 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ । शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद सशस्त्र प्रहरी बल १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा इ–लोडरमा लोड गरी ल... शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्