महेन्द्रनगर– प्रदेश नं २ का आन्तरिक मामिला कानुनमन्त्री ज्ञानेन्द्र यादवले रौतहट लालबकैया नदीमा ५ जनाको मृत्यु हुनेगरी भएको डुंगा दुर्घटनामा सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले ठेकेदारको लापरबाही र ढिलासुस्तीको कारण दुर्घटना भएको बताए। गत शनिबार साँझ लालबकैया नदीमा ४० जना सवार रहेको डुंगा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए। यस विषयमा सत्यतथ्य छानबिन गर्न सांसदहरूले सदनमा आवाज उठाएका थिए।
यसअघि बैठकमा प्रदेशसभा सदस्य मनिष सुमनले नदीमा समयमै पुल नबन्दा दुर्घटना भएको हुँदा यसको पुनःनिर्माणको ठेक्का लिएका पप्पु कन्ट्रक्सनलाई कारबाहीको माग गरेका थिए। मन्त्री यादवले छ्टिै वास्तविकता पहिचान गरी सोही अनुरुप कारबाही अघि बढाउने बताए।
उनले भने‘ समयमै काम नगर्ने ठेकेदारलाई समेत कारबाही हुन्छ। यसका लागि छिट्टै नै सार्वजनिक खरिद ऐन ल्याउने तयारी प्रदेश सरकारको छ।’
मन्त्री यादवले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न प्रदेश सरकारले छिट्टै सुशासन सम्बन्धी विधेय ल्याउनेपसनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।