महेन्द्रनगर– महोत्तरीकाे औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ।
शनिबार प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताएका हुन्। ‘घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाही गरिने छ,’उनले भने, ‘हत्यारा जहाँ भए पनि खोजेर कानुनी कारबाही गर्न सरकार प्रतिवद्ध छ।’
आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ।
मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानुन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।