काठमाडौं– बलिउडमा खुलेर आफ्ना कुरा राख्न सक्ने हिरोइनमा तापसी पन्नुको नाम अग्रस्थानमा आउँछ। ‘पिंक’, ‘मुल्क’ र ‘थप्पड’ जस्ता सामाजिक सन्देश दिने फिल्मबाट पहिचान बनाएकी उनलाई कुनै समय भने अभिनेत्री नै बन्नु थिएन।
तापसीको शिक्षा बलिउडका धेरै अभिनेत्रीभन्दा माथि छ। उनले दिल्लीस्थित गुरु तेघबहादुर इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनिरिङ पूरा गरेकी हुन्।
उनले एक फर्ममा सफ्टवेयर इन्जियरिका रुपमा भारतकै चर्चित कम्पनीमा काम समेत गरेकी थिइन्। जहाँ उनको काम एप बनाउनु थियो। भारतको दोस्रो ठूलो आइटी कम्पनी इन्फोसिसमा काम गर्ने मौका पाएकी थिइन्। जुन भारतीय सफ्टवेयर इन्जिनियरका लागि सपना हो। तर, उनले त्यसलाई बीचमा त्यागिन्।
त्यहीँ काम गर्ने क्रममा उनलाई मोडलिङका लागि अफर आउन थाले। तर, बलिउड प्रवेश भने सहज भएन। साउथका १० फिल्ममा काम गरेपछि उनले बलिउडमा प्रवेश पाएकी हुन्।
उनको पहिलो फिल्म तामिल भाषाको ‘आडुकलम’ हो। जुन फिल्ममा धनुष मुख्य भूमिकामा थिए। जसले ५ नेशनल अवार्ड जित्यो, तर तापसीले तारिफ मात्रै पाइन्।
मंगलबार ३६औं जन्मदिन मनाइरहेकी उनलाई सानोमा घुम्रिएका कपालका कारण ‘म्यागी’ भनेर बोलाइन्थ्यो।
उनी १९८७ मा पञ्जावी परिवारमा जन्मिनएकी हुन्। उनका पिता घरजग्गा कारोबारी थिए। उनी दिल्लीमै हुर्के बढेकी हुन्। ४ कक्षादेखि भरत नाट्यम सिकेकी उनले नृत्य प्रतियोगिता प्राय जितिन्।
उनले फेमिना मिस इन्डियामा फ्रेस फेस टाइटल जितेकी थिइन्। उनले मोडलिङका क्रममा थुप्रै विज्ञापनमा काम गरिन्। उनको बलिउड फिल्म भने ‘चश्मेबद्दुर’ हो। त्यसपछी ‘बेबी’मा छोटो भूमिका थियो। सन् २०१६ मा ‘पिंक’मा देखिएपछि भने उनको छुट्टै पहिचान बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।