काठमाडौँ – ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन’ नेपाल सिजन ७ को उपाधि जितेकी छन् । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उपाधि जितेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ भइन भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भएकी छन् ।
उक्त कार्यक्रमका उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।