काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ।
अश्लील गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका अधिकृत डमरुप्रसाद निरौलालाई मन्त्रालयमा २४ घण्टाभित्र हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो।
नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो यतिबेला सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा भाइरल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।