• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रको हस्तक्षेप : ६ महिनादेखि सुदूरपश्चिम सरकारले पाएन पूर्णता

64x64
शेरबहादुर ऐर आइतबार, साउन १४, २०८०  २१:३०
1140x725

धनगढी- गत मंगलबार (साउन ९ गते) नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी मन्त्री र लक्ष्मण चौधरी राज्यमन्त्री पद सम्हाल्ने तयारीमा थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नाम सिफारिस भइसक्दा समेत सो दिन उनीहरूले नियुक्ति लिन पाएनन्।

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको हस्ताक्षरमा मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने पत्र पठाएपछि सो दिन पूर्णता पाउनै लागेको सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल पुनः अन्योलग्रस्त छ।

प्रदेशको मन्त्रिमण्डललाई पूर्णता दिलाउन शुक्रबारदेखि यस प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह शीर्ष नेताहरूसँग भेटघाटमा छन्। पटक–पटक केन्द्रका शीर्ष नेताहरूसँग भेटघाट गर्दा पनि उनले प्रदेशको मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। मुख्यमन्त्री शाहको केन्द्रमा मुख ताक्ने प्रवृतिका कारण निर्णय क्षमतामा प्रश्न उठिरहेको छ। 

२०७९ साल माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले दुई पटक मन्त्रिमण्डल विस्तार गर्दा समेत पूर्णता दिन सकेनन्। दोस्रो दिन पद तथा गोपनीयताको शपथ लिने क्रममा भौतिक पूर्वाधार मन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश कुमार शाहीलाई नियुक्त गरे।

मुख्यमन्त्रीमा नियूक्त भएको झण्डै चार महिनापछि दोस्रो पटक उनले मन्त्रिमण्डल विस्तार गरे। तर, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय नपाएसम्म सरकारमा भाग नलिने भनेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त रह्यो। त्यसयता सो मन्त्रालयको जिम्मेवारी उनी स्वयमले सम्हालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत असार ५ गते डडेल्धुरादेखि बझाङ जाने क्रममा सवारी दुर्घटना हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि अहिले उक्त मन्त्रालय पनि मन्त्रीविहिन रहेको छ। मुख्यमन्त्री शाह सो मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेस प्रदेशसभा सदस्य शिवराज भट्टलाई दिने आन्तरिक मनसायमा थिए। तर, उन्मुक्तिले मंगलबार अबेरपछि सरकारमा नजाने भनेपछि मन्त्रिमण्डलले पूर्णता पाउन सकेन।

शुक्रबारदेखि मुख्यमन्त्री शाहले मन्त्रिमण्डललाई पूर्णता दिलाउन केन्द्रका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उन्मुक्तिका नेता रेशमलाल चौधरीसंग भेटघाट गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री शाह भन्छन्, ‘छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ। यो समयमै भनेर भन्न सकिन्न, हामी आन्तरिक छलफलमै छौँ।’ उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने अडान कायम गर्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो। एक मन्त्री र एक राज्यमन्त्री लिएर गत मंगलबार सरकारमा जान तयार रहेका प्रदेश सभा सदस्यहरूलाई केन्द्रले पत्र पठाउँदै भागबण्डामा कुरा नमिलेको भन्दै अन्तिम समयमा आएर सरकारमा जान रोकेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले पूर्णता नपाउँदा प्रदेशका प्रदेशसभा सचिवालयमा बिजनेस नहुँदा दोस्रो अधिवेशनको अर्को बैठक अनिश्चित छ। साथै मन्त्रालय मन्त्रीविहिन हुँदा मन्त्रालयका केही नीतिगत कुराहरू अघि बढ्न सकेका छैनन्।

सत्तासाझेदारी दलबिच भागबण्डामा कुरा नमिल्दा प्रदेशसभाका चार वटा विषयगत समिति पनि सभापतिविहीन छन्। ती समितिका कुनै बैठक बस्नु परेमा ज्येष्ठ सदस्यको अध्यक्षतामा काम गर्नुपर्ने बाध्यता छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेश सरकार जनताको पक्षमा भन्दा पनि आफ्नो सत्ता टिकाउनमा केन्द्रित भएको आरोप लगाए। उनले भने, ‘समयमै मन्त्रिमण्डलले पूर्णता पाउनुपर्ने थियो। सभाका विषयगत समितिका सभापति अहिलेसम्म तोकिसक्नुपर्ने थियो। बिजनेशविहीन बनेको सभाका बैठकलाई छिटो अघि बढाउन सक्नुपर्ने थियो। तर, सरकारको ध्यान सत्ता टिकाउनमा मात्र केन्द्रित भयो।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्