• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रको हस्तक्षेप : ६ महिनादेखि सुदूरपश्चिम सरकारले पाएन पूर्णता

64x64
शेरबहादुर ऐर आइतबार, साउन १४, २०८०  २१:३०
1140x725

धनगढी- गत मंगलबार (साउन ९ गते) नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी मन्त्री र लक्ष्मण चौधरी राज्यमन्त्री पद सम्हाल्ने तयारीमा थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नाम सिफारिस भइसक्दा समेत सो दिन उनीहरूले नियुक्ति लिन पाएनन्।

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको हस्ताक्षरमा मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने पत्र पठाएपछि सो दिन पूर्णता पाउनै लागेको सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल पुनः अन्योलग्रस्त छ।

प्रदेशको मन्त्रिमण्डललाई पूर्णता दिलाउन शुक्रबारदेखि यस प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह शीर्ष नेताहरूसँग भेटघाटमा छन्। पटक–पटक केन्द्रका शीर्ष नेताहरूसँग भेटघाट गर्दा पनि उनले प्रदेशको मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। मुख्यमन्त्री शाहको केन्द्रमा मुख ताक्ने प्रवृतिका कारण निर्णय क्षमतामा प्रश्न उठिरहेको छ। 

२०७९ साल माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले दुई पटक मन्त्रिमण्डल विस्तार गर्दा समेत पूर्णता दिन सकेनन्। दोस्रो दिन पद तथा गोपनीयताको शपथ लिने क्रममा भौतिक पूर्वाधार मन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश कुमार शाहीलाई नियुक्त गरे।

मुख्यमन्त्रीमा नियूक्त भएको झण्डै चार महिनापछि दोस्रो पटक उनले मन्त्रिमण्डल विस्तार गरे। तर, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय नपाएसम्म सरकारमा भाग नलिने भनेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त रह्यो। त्यसयता सो मन्त्रालयको जिम्मेवारी उनी स्वयमले सम्हालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत असार ५ गते डडेल्धुरादेखि बझाङ जाने क्रममा सवारी दुर्घटना हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि अहिले उक्त मन्त्रालय पनि मन्त्रीविहिन रहेको छ। मुख्यमन्त्री शाह सो मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेस प्रदेशसभा सदस्य शिवराज भट्टलाई दिने आन्तरिक मनसायमा थिए। तर, उन्मुक्तिले मंगलबार अबेरपछि सरकारमा नजाने भनेपछि मन्त्रिमण्डलले पूर्णता पाउन सकेन।

शुक्रबारदेखि मुख्यमन्त्री शाहले मन्त्रिमण्डललाई पूर्णता दिलाउन केन्द्रका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उन्मुक्तिका नेता रेशमलाल चौधरीसंग भेटघाट गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री शाह भन्छन्, ‘छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ। यो समयमै भनेर भन्न सकिन्न, हामी आन्तरिक छलफलमै छौँ।’ उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने अडान कायम गर्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो। एक मन्त्री र एक राज्यमन्त्री लिएर गत मंगलबार सरकारमा जान तयार रहेका प्रदेश सभा सदस्यहरूलाई केन्द्रले पत्र पठाउँदै भागबण्डामा कुरा नमिलेको भन्दै अन्तिम समयमा आएर सरकारमा जान रोकेको थियो।

Xtrem
Xtrem

सरकारले पूर्णता नपाउँदा प्रदेशका प्रदेशसभा सचिवालयमा बिजनेस नहुँदा दोस्रो अधिवेशनको अर्को बैठक अनिश्चित छ। साथै मन्त्रालय मन्त्रीविहिन हुँदा मन्त्रालयका केही नीतिगत कुराहरू अघि बढ्न सकेका छैनन्।

सत्तासाझेदारी दलबिच भागबण्डामा कुरा नमिल्दा प्रदेशसभाका चार वटा विषयगत समिति पनि सभापतिविहीन छन्। ती समितिका कुनै बैठक बस्नु परेमा ज्येष्ठ सदस्यको अध्यक्षतामा काम गर्नुपर्ने बाध्यता छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेश सरकार जनताको पक्षमा भन्दा पनि आफ्नो सत्ता टिकाउनमा केन्द्रित भएको आरोप लगाए। उनले भने, ‘समयमै मन्त्रिमण्डलले पूर्णता पाउनुपर्ने थियो। सभाका विषयगत समितिका सभापति अहिलेसम्म तोकिसक्नुपर्ने थियो। बिजनेशविहीन बनेको सभाका बैठकलाई छिटो अघि बढाउन सक्नुपर्ने थियो। तर, सरकारको ध्यान सत्ता टिकाउनमा मात्र केन्द्रित भयो।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक बिहीबार तय भएको एमाले सचिवालयले जनाएको हो। बैठक दिउँसो १ बजेदेखि... बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्