जनकपुर– प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको शुक्रबार औपचारीक सुरुवात भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत अभियान आरम्भ भएको घोषणा गरिएको हो।
प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्य सहितको उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले अभियानलाई मुख्यमन्त्रीमा मात्रै सीमित नगर्न आग्रह गरे। मुख्यमन्त्री जोडिए पनि अभियानको सफलताका लागि सवैको सक्रियता उत्तैकै महत्वपूर्ण रहेको उनको भनाइ थियो।
भौतिक पूर्वाधारको निर्माणलाई मात्रै समग्र विकास मान्न नसकिने भन्दै उनले विकासका लागि सामाजिक रुपान्तरण आवश्यक रहेको र त्यसका लागि अभियान कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
हरेक क्षेत्रबाट साकारात्मक प्रतिक्रिया आइरहेकाले अभियानलाई सफल बनाउनैपर्ने चुनौती समेत बढेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।