काठमाडौं– कैलाली जिल्लाको गोदावरी नगरपालिका ९ धनचौरी खटिया नदीमा एक्कासी आएको बाढिको कारण नदीको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्वार गरेको छ ।
स्थानीय ४० वर्षिया जानकी बोहोरा र वर्ष ४२ की पशुपति बोहोरा उक्त नदीको बीच भागमा रहेको टापुमा घाँस घाट्न गएको बेला एक्कासी परेको पानीको कारण नदीमा बाढी आएपछि उनीहरु टापुमा अलपत्र परेका थिए ।
जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टको कमाण्डमा आवश्यक उद्वार सामाग्रीसहित एपीएफ टोली त्यसठाउँमा खटिएको थियो।
एपीएफ टोलीले त्यसवेला लाइफ ज्याकेट, थ्रो व्याग र लाइफ ब्वायको प्रयोग गरी उनीहरुको सकुशल उद्वार गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।