• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुद्दा उठाउँदै-छोड्दै पौडेल समूह

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  १२:१४
1140x725

काठमाडाैँ- नेपाली कांग्रेसको संस्थापन पक्षको कार्यशैली सच्याउन आक्रामक बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्रयास ‘निरर्थक’ देखिएको छ। सभापतिको कार्यशैली र कार्यक्षमताका कारण निर्वाचनमा पराजय हार व्यहोर्नु परेको बताउँदै आएको पौडेल समूहले केन्द्रीय कार्य समितिमा गरेका दुई वटै प्रयास असफल भएका छन्। 

निर्वाचनमा नतिजा समीक्षा गर्न गत चैत र वैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकमा सभापति देउवाले पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पौडेल समूहले दबाब दिएको थियो। पराजयको जिम्मेवारी लिने विषयमा संस्थापन र पौडेल समूहको विवाद बढेपछि तीन दिन बैठक अवरुद्ध भयो। 

पौडेल समूहको अथक प्रयास हुँदाहुँदै पनि सभापति शेर बहादुर देउवाले निर्वाचन पराजयको जिम्मेवारी लिएनन्। संस्थापन समूहले पराजयको जिम्मेवारी सिङ्गो केन्द्रीय कार्य समितिको हुने अडान लिएको थियो। ‘पार्टीको पराजय सम्बन्धमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा प्रकट गर्नु भएका विविध विषयमा विमर्श हुदै जानेछ’ बैठकको निर्णय सार्वजनिक गर्दै उल्लेख गरिएको थियो। 

केन्द्रीय कार्य समितिको बैठकले निर्वाचनमा पार्टीको पराजयको मुख्य कारण आन्तरिक अन्तर्घातलाई ठहराइएको थियो। संस्थापन पक्षले निर्वाचन पराजयका कारणमा आफ्ना अवधारणा नै निर्णय गराउन सफल भयो। पराजयमा वाम एकता र अन्तर्घातलाई कारण मान्न पौडेल पक्ष सहमत नभएपनि बैठकमा संस्थापन पक्ष नै हाबी भयो।

संस्थापन पक्षले चलाखीपूर्ण तरिकाले पार्टीको क्षति हुनुमा ‘पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निष्क्रियता, असहयोग र अन्तर्घातजस्ता अनुशासनहीन क्रियाकलाप देखिनु’ जस्ता कारण भएको जनाएको थियो। पार्टी सभापति देउवालाई ‘गलाउन’ भरमग्दुर प्रयास गरेको पौडेल पक्ष ‘असफल’ भएको थियो। 

संस्थापन पक्षकै चाहना सम्बोधन हुने गरी ‘निर्वाचनको क्रममा पार्टीको अनुशासन उल्लघंन तथा अन्तर्घात भएको कुरा विभिन्न जिल्ला अन्तरगतका निकाय, पार्टी कार्यकर्ता र नेताहरू तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख छ। उक्त कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित बनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ’ निर्णयमा उल्लेख थियो। यद्यपि कांग्रेसको अनुशासन समिति हालसम्म गठन हुन भने सकेको छैन।

केन्द्रीय समितिको बैठक सकिँदा÷नसकिँदै पदाधिकारी चयनमा लागेका देउवालाई रोक्न त पौडेल पक्षले सकेनन् नै। मनोनित पदाधिकारीमा आफ्नो पक्षका एक जना पनि पार्न सकेनन्। देउवाले केन्द्रीय समितिका रिक्त पदाधिकारीमा आफू पक्षका नेतालाई मात्र समावेश गरे। उप–सभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का, सह–महामन्त्रीमा डा. प्रकाशशरण महतलाई चयन गरे। देउवाले मनोनयन गरेका तीन जना नै संस्थापन समूहका हुन्। 

वैशाखमा भएको केन्द्रीय समितिको बैठकमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरिएको थियो। पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधन गर्न उक्त समिति गर्ने उल्लेख गरिएको थियो। पार्टीको विधान मस्यौदा समिति पाँच महिनासम्म बन्न सकेन। बल्लतल्ल बनेको समिति बने लगत्तै विवादमा फस्यो। पूर्व सहमति अनुरूप नौ जना हुनपर्ने मस्यौदा समितिलाई तन्काएर ११ जना बनाइयो ।

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरूको सहमति बिना नै सदस्य थप गरिएको भन्दै पौडेल समूहले आपत्ति जनायो। ११ सदस्यीय समितीमा छ जना देउवा पक्षीय सदस्य छन् भने एक जना सदस्य कुनै पनि पक्षमा खुलेका छैनन्। चार÷चार जना सदस्य बाँढ्ने सहमति गरो संस्थापन र पौडेल समूह एक जना सदस्य कृष्णप्रसाद सिटौला पक्षलाई दिने सहमत भएको कुरा सार्वजनिक भयो।

देउवाले आफ्नो पक्षका मात्र सदस्य संख्या बढाएपछि पौडेलले थप हिस्सेदारी माग गरे। यही विषयमा समझदारी हुन नसक्दा गत शुक्रबारको केन्द्रीय कार्य समितिको बैठक अवरुद्ध भयो। गत असारमा भएको जिल्ला सभापतिको भेलाको निर्णय समातेर जिल्ला सभापतिको पनि प्रतिनिधित्व हुनुपर्ने माग पौडेल पक्षले गर्‍यो। असार ८ मा हेटाै‌डामा सकिएको कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलाको चौंथो बुँदामा ‘जिल्ला सभापतिको समेत प्रतिनिधित्व हुनेगरी अविलम्ब विधान मस्यौदा समिति गठन गर्न केन्द्रीय कार्य समितिलाई यो भेला अनुरोध गर्दछ’ उल्लेख छ। 

कांग्रेस विधानमा व्यवस्था नभएको जिल्ला सभापति भेलाका निर्णय सुझावका रूपमा मात्रै केन्द्रीय कार्य समितिले ग्रहण गर्न सक्ने हो। तर, लागू नै गर्न केन्द्रीय समिति बाध्यकारी हुँदैन। पौडेल समूहका नेता नवीन्द्रराज जोशीले हिमाल, पहाड र तराईका जिल्लाबाट एक÷एक जना जिल्ला सभापतिको प्रतिनिधित्वको विषय उठाएको प्रष्ट पारे। दुई दिन आन्तरिक रूपमा जुटेको शीर्ष नेताको बैठकले अन्ततः मस्यौदा समितिमा थप दुई जना सभापति थप्ने निर्णय ग¥यो। दुबै जना पौडेल पक्षका पर्ने संभावना छैन। 

‘मस्यौदा समितिमा पूर्ण सदस्य पाउनुपर्ने माग पौडेल समूहको थियो। तर, अन्तिममा आमन्त्रित सदस्यका रूपमा मात्र एक जना जिल्ला सभापतिको प्रतिनिधित्व हुने भएको छ’ एक केन्द्रीय सदस्यले भने। पौडेल समूहले बैठक अवरुद्ध गरेपनि उनीहरूको माग सम्बोधन हुन नसकेको ती नेताले बताए। उनले भने ‘पौडेल समूहलाई कुनै फाइदा भएन।’

Xtrem

Xtrem

महासमिति बैठक भाद्र महिनामा गर्ने भनी भएको निर्णय पनि लागू हुन सकेन। महासमिति बैठक तोकिएको समयमा गर्नुपर्र्ने पौडेल समूहको दवावले काम नगर्नेे भएको छ। महासमिति बैठक दुई महिना सरेको छ। सभापतिले महासमिति बैठक सारेर १४औं महाधिवशन प्रभावित पार्न खोजेको आरोप लगाउँदै आएको छ पौडेल समूह। महाधिवेशन समयमा हुन नसके एक वर्ष थप्न पाइने कांग्रेस विधानमा उल्लेख छ। बैठकमा आफू पक्षको माग सुनुवाई नभएपछि सार्वजनिक मञ्चमा अर्को समूहको आलोचना गर्न नेताहरू लागेका छन्।

महासमिती बैठक सर्ने निर्णय गरेसँगै पूर्व महामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाएका छन्। सहमति र साझेदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी पार्टी नेतृत्वमा रहेको सिंहको भनाई छ। डेट दिने र त्यसलाई सार्दै जाने परम्परा कांग्रेसमा कायमै छ। सूरुमा विरोध गर्ने तर अन्त्यमा गएर सभापतिसँग सम्झौता गर्ने अलंकार धारण गर्न थालेको छ पौडेल समूह, भलै उसलाई फाइदा नै नहोस्। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्