काठमाडौं– दक्षिण भारतीय सिनेमा ‘धुमम्’को नेपाल रिलिज हुने भएको छ।
सिनेमाको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले किनेको हो। फहाद फासिलको मुख्य भुमिका रहेको सिनेमा आगामी शुक्रबारबाट नेपाली हलमा रिलिज हुनेछ।
भारतको बक्स अफिसको केकर्डअनुसार यो औषत चलेको फिल्म हो। भारतमा सिनेमाको मल्यालम र कन्नडा बाहेक तमिल, तेलुगु र हिन्दी डब भने सिधै ओटिटी प्लेटर्फममा मात्रै रिलिज हुनेछ।
पवन कुमारको निर्देशनमा निर्माण भएको ‘धुमम्’लाई होम्बले फिल्मस्ले निर्माण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।