• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाल लाइभ आजदेखि दोस्रो वर्षमा

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  ००:१४
1140x725

नेपाल लाइभ आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ। पाठकहरुसँग यो खुसी साट्न पाउँदा हामी निकै उत्साहित भएका छौं। यो एक वर्षमा पाठकहरुबाट पाएको न्यानो माया, उत्प्रेरणा, विश्वास र खबरदारी हाम्रा अमूल्य आर्जन हुन्। यसको निरन्तरताको अपेक्षा गर्दछौं।

नेपाल लाइभको प्रकाशन सुरु गर्दा नै हामी केही कुरामा प्रस्ट थियौं। मुख्य त हामी पत्रकारिता तटस्थ र निष्पक्ष हुँदैन भन्नेमा विश्वस्त थियौं। त्यसैले पनि हामीले आफूलाई निरन्तर समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानवअधिकार, सुशासन, सीमान्तकृतका पक्षमा उभ्याउने प्रयत्न गरिरह्यौं। हाम्रा प्राथमिकताहरुलाई केलाएर पाठकहरुले यस कुराको मूल्यांकन गर्नुभएकै छ।

अघिल्लो वर्ष देशमा तीन तहको चुनाव सम्पन्न भयो। देशले संघीय शासन प्रणालीको अभ्यास सुरु गर्‍यो। ७ सय ५३ वटा स्थानीय सरकार, ७ वटा प्रदेश सरकार र एउटा संघीय सरकार अहिले हाम्रासामु छन्। ती सरकारसँगै नेपाली समाजका अपेक्षाका पहाड पनि छन्। वाचा, अपेक्षा र आवश्यकताको संयोजन कसरी मिल्दै जाला भन्ने चासो सबैतिर छ।

हामी यथासम्भव तीनै तहका सरकारका कामकारबाहीलाई निगरानी गरिरहेका छौं। तिनका काम कारबाही पाठकहरुलाई सुसूचित गरिरहेका छौं। यो एक वर्षमा जस्तै आगामी दिनमा पनि हामी सत्ताको प्रतिपक्षी भूमिकामै उभिनेछौं भन्ने विश्वास पाठकहरुलाई दिलाउन चाहन्छौं। सरकारहरुलाई जनमुखी बनाउने प्रयास हाम्रो हुनेछ। 

सत्ताबाट सिर्जित बहस हुन् वा सडकमा लागेका नारा। हामी आफ्नो विवेकले सही ठहर्‍याएको मुद्दाका पक्षमा उभियौं। बहुजनको हित के कुरामा छ र किन छ, हामीले त्यसकैका आधारमा आफ्नो पक्ष छुट्यायौं। सत्तालाई प्रश्न तेर्स्यायौं र जवाफदेही बनाउन पहल गर्यौं । सडकलाई जिम्मेवार बन्न प्रेरित गर्‍यौं।

nimb
nimb
Ncell 2
Ncell 2

देशमा अहिले समृद्धिको बहस छ। समृद्ध नेपालको प्रयत्नप्रति हाम्रो पनि साथ छ नै। तर, अहिले जसरी समृद्धिको बहस चर्चामा आइरहेको छ, त्यसप्रति हामी सजग छौं। समृद्ध कसैले ल्याइदिने अमूक खेलौना नभई त्यो जनताको सामूहिक प्रयत्न र प्रयासबाट महसुस हुने सहजता हो भन्नेमा प्रस्ट छौं। त्यसैले पनि चलिरहेको बहसमा कस्तो समृद्धि र कसका निम्ति भन्ने हाम्रो प्रश्न सधैं मिसाइरहनेछौं।

देशले विगतमा हिँडेर आएका बाटो, यो ठाउँमा आइपुग्नुअघिका वाचा र जनतामा देखाइएका सपनालाई कुल्चेर अघि बढ्न सक्ने अवस्था छैन र त्यसरी अघि बढ्नु हुँदैन पनि। संक्रमणकालको अन्त्य भएको भनिएको यो समयमा पनि विगतको हिसाबकिताब बाँकी नै छन् भनेर हामी निरन्तर सुनाइरहेका छौं। जबसम्म सीमान्तकृतहरु पनि राज्यको निर्णायक तहमा पुग्नेछैनन्, जबसम्म यो देशको शासनचित्रमा हाम्रो विविधताको स्पष्ट इन्द्रेणी देखिनेछैन, जबसम्म यो देशका कुनै पनि समुदायले आफूलाई दोस्रो दर्जाको नागरिक महसुस गरी नै रहनुपर्ने हुन्छ; तबसम्म मूलधारसँग हाम्रा प्रश्न पनि बाँकी रहिरहन्छन्। यसमा हामी दृढ छौं।

हाम्रा यस्तै मान्यताहरुले नै हामीलाई पाठकमाझ निरन्तर पछ्याइरहनुपर्ने विश्वसनीय अनलाइनका रुपमा उभ्याएको हाम्रो ठहर छ। तर नेपाल लाइभलाई अझै पनि एउटा पूर्ण र सम्पूर्ण अनलाइन बनाउने हाम्रो प्रयास जारी नै छ। हामी आवाजविहीन र सिंहदरबारबीचको सेतु बन्ने र बहसका चौतारी बन्ने लक्ष्यमा छौं। त्यसका निम्ति विगतमा जस्तै स्वतन्त्र, जिम्मेवार र जवाफदेही पत्रकारिता नै हाम्रो मूल मन्त्र हुनेछ। संघीयताको अभ्यास चलिरहँदा हामी केन्द्रमा मात्रै केन्द्रित हुनेछैनौं। प्रदेशका कुनाकाप्चाका समस्या र आवाजलाई महत्वका साथ उठाइरहनेछौं। हरेक वर्ग र उमेर समूहका पाठकहरुको रुचि अनुसार हामी विविध आयामका सामग्रीहरु पस्किइरहनेछौं।

यो एकवर्षे यात्रा नेपाल लाइभका निम्ति चलायमान रह्यो। पूर्वसम्पादकहरु सरोजराज अधिकारी र विजय पौडेलको नेतृत्व अवधिलाई हामी निरन्तर सम्झिरहनेछौं। साथै, नवीन अर्याल, दीपक खरेल, शिशिर ढकाल, अशेष अधिकारी, हिमविक्रम केसी, जोतारे धाइबा तथा जनक पौडेल लगायतले पुर्‍याउनुभएको योगदान पनि स्मरणमा छ नै। उहाँहरुको थप्नुभएको एकएक इँटाले नै हामी बलियो जगमा उभिएका छौं। यसबीचमा जोडिन आउनुभएका धेरै साथीहरुका निम्ति नेपाल लाइभको विरासत जोगाउने र यसलाई अझै उचाइमा पुर्‍याउने दायित्व छ। त्यसका निम्ति शुभकामना।

यात्रा जारी छ। हामी 'सबैको नेपाल लाइभ' बन्ने गन्तव्य पछ्याइरहेका छौं। साथ दिनुहुने र विश्वास व्यक्त गर्नुहुने सबैप्रति आभार।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्