तस्बिर: अमित भट्ट
काठमाडौं– राजश्व अनुसन्धान विभागले केही दिनअघि बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालिको गोदाममा छापा मारेको छ।
1690381559.jpg)
बुधबार साँझ विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित उक्त कम्पनीको गोदामा छापा हानेको हो।
विभागको टोलीले उक्त गोदामबाट ६६ कार्टुन ब्रेक शु बरामद गरेको छ। बरामद भएको ब्रेक शु मा सुन छ कि छैन भन्ने यकिन भने भइसकेको छैन।
1690381559.jpg)
साउन २ गते यही कम्पनीले ब्रेक शु मा अवैध सुन भित्र्याएको थियो। एक क्वीन्टल सुन बरामद भएपछि विभागले यो कम्पनीले भित्र्याएका ब्रेक शु मा अनुसन्धान थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।