काठमाडौं– व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गरिएको छ।
उनलाई प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)को सिफारिसमा गृहमन्त्रालयले बर्खास्त गरेको हो। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरीबर्खास्त गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए।
हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरेको थियो।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसार बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।