काठमाडौं– पाैडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने सोलुखुम्बु घर भएका २३ वर्षीय निना निरबु शेर्पाको बेहोस भएर मृत्यु भएको छ।
रामहिटीस्थित मण्डला प्यालेस भित्र रहेको स्वीमिङ पुलमा बिहीबार स्विमिङ गर्ने क्रममा वेहोस भएका शेर्पाको स्तुपा सामुदायिक अस्पताल बौद्धमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।