काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन्।
ट्विटमा प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको जनाएका छन्। वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर रिमालको आज ९२ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो।
प्रधानमन्त्रीकाे ट्विट:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।