काठमाडौं– सशस्त्र प्रहरीले पर्साबाट पाँच किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ।
पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवास्थित सीमा क्षेत्रबाट सोमबार सशस्त्र प्रहरीले पाँच किलो सातसय ग्राम चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुडुलीका ४४ वर्षीय प्रेम पासवान रहेका छन्। उनलाई नमबर १३ गण पर्साले नियन्त्रणमा लिएको हो।
ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरीरको विभिन्न भागमा लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको चरेश फेला परेको हो।
नियन्त्रणमा लिइएका उनलाई बरामद भएको चरेश तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।