तस्बिर: सामाजिक सञ्जाल
बैतडी– बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ मा पहिरोले घर पुरिँदा २४ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीया छोरा रिजन जागरीको मृत्यु भएको हो।
पहिरोमा परेर अञ्जुको घरमा पाहुना बस्न आएकी ६० वर्षीया जस्मा बोहोरासहित स्थानीय ४५ वर्षीया राइमती जागरी र १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार सोमबार बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा भित्र सुतिरहेका उनीहरूको मृत्यु भएको हो।
पहिरोले पशुचौपायामा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। पहिरोमा ज्यान गुमाएकी अञ्जुका श्रीमान् भने कामको सिलसिलामा भारतमा रहेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।