काठमाडौं- मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३३ जना घाइते भएका छन्।
पञ्चदेवल विनायक नगरपालिका-४ मा मलामी बोकेर घाट जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्र्याक्टर आइतबार दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिका- ६ का २३ वर्षीय बिर्ख विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका ३३ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।
७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको ट्र्याक्टर दुर्घटनामा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।