काठमाडौं– अनमोल केसी स्टारर फिल्म क्याप्टेनको छायांकन सकिएको छ। छायांकनका लागि फ्लोरमा निस्किएको ६० दिनपश्चात अर्थात् गत मंगलबार फिल्मको इन्डक्ल्याप्ड गरिएको फिल्मका निर्देशक दिवाकार भट्टराईले नेपाल लाइभसँग बताए।
अहिलेसम्म प्रदर्शन मिति तय नभएको फिल्म क्याप्टेनको रिलिज सम्भावना भने कात्तिक १६ गते बढेको छ। निर्देशक भट्टराईका भन्छन्, 'फिल्म मितिका बारेमा निर्माण युनिटसँग छलफल भइरहेको छ र हामी चाँडै नै फिल्म प्रदर्शन मिति सार्वजनिक गर्नेछाैं।'
ग्रामिण परिवेशमाट फुटबल खेलसँगै हुर्किएर त्यही खेललाई करिअरका रुपमा स्थापित गर्न तम्सिएको एक युवाको कथा बोल्ने क्याप्टेनमा अनमोल केसी मुख्य भुमिकामा छन्। अनमोलाई डेब्यु अभिनेत्री उपासना सिंह ठकुरीले साथ दिएकी छन्।
फिल्ममा यी दुई कालकारका अलावा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई, प्रियंका एमभी लगायतको अभिनय रहेको छ।
भिएफएक्सको अधिक प्रयोग गरिएको यस फिल्मलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।