काठमाडौं– सुन तस्करी प्रकरणमा पक्राउ परेका चार जनालाई अदालतले अनुसन्धानका लागि म्याद दिएको छ।
उच्च अदालत पाटनले शुक्रबार चार जनाविरुद्ध अनुसन्धानका लागि ९ दिनको म्याद दिएको हो।
चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठविरुद्ध ९ दिनको म्याद अनुमति दिएको हो।
यसअघि ६ जनालाज्ञ उच्चले १० दिनको म्याद दिएको थियो। राजश्व अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार पक्राउ परेकाहरुलाई उच्च अदालतमा पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।