• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

64x64
रासस शुक्रबार, साउन ५, २०८०  १४:४२
1140x725

जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ।

निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए।

हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए।

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने उनको भनाइ छ।

दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको छ। अहिले जाजरकोट सदरमुकामबाट बारेकोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन्। सदरमुकाम खलङ्गाबाट पाँचकाटिया हुँदै सुरुङमार्ग निर्माणस्थलसम्म सडक निर्माण जारी छ। जुम्ला र जाजरकोटसँगै जोडिए पनि अग्ला हिमालहरु पार गर्नुपर्दा धेरै समय खर्चिनुपर्ने अवस्था छ।

हिमाली क्षेत्रमा सडक निर्माण गर्दा त्यहाँको पर्यावरणीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङमार्ग निर्माणका लागि पहल थालिएको सिंहले बताए। जुम्ला, हुम्ला र मुगु जिल्लाबाट देशका ठूला सहरमा जोडिने सबैभन्दा छोटो रुटका रुपमा यसलाई लिइएको छ।

जुम्लाबाट कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङमार्ग हुँदै नेपालगञ्ज, सुर्खेत जाँदा र आउँदा सात घण्टा छिटो हुने सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोश कर्णको भनाइ छ। जुम्लाका जनप्रतिधिका लागिसमेत यो मार्ग महत्वपूर्ण हुँदै आएको पूर्वमन्त्री नरेश भण्डारीले बताए।

कन्सलट्यान्टले यसका लागि पाँच महिनाको समय पाएको छ। जसमा दुई महिना बितिसकेको छ। साथै अहिले बर्खायाम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिने बित्तिकै फिल्डैमा गएर काम सुरु हुने कम्पनीको भनाइ छ। बर्खामा सुरुङमार्गसम्म जान र आउनका लागि बाटो अप्ठयारो भएकाले काम गर्न मुस्किल भएको निर्माण कम्पनीको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
डिप्लोमा इन्जिनियरहरूको छुट्टै परिषद् बन्दै डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तर्जु... बुधबार, साउन २०, २०८३
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा नि... सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका उद्घाटन कार्यक्रम बिहान १०.२५ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम मध्याह्न १२:१५ बजेसम्म चल्ने छ । सार्वजनिक तालिका अनुसार कार्यक्रम... आइतबार, साउन १०, २०८३
ताजा समाचारसबै
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्