काठमाडौं– बंलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिम्स्टेक सम्मलेन सकिनुपूर्व नै स्वदेश फर्किँदै छिन्।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार बंलादेशकी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किने तय भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा सम्मेलनमा सहभागी हुन काठमाडौँ आएकी वाजेद सम्मेलन सकिनपूर्व नै स्वदेश फर्किन लागेकी हुन्।
बंलादेशको आगामी आम निर्वाचनलाई मध्येनजर गर्दै उनी छोटो समयको नेपाल बसाई सकी स्वदेश फर्किने तय भएको स्रोतले जानकारी दिएको छ।
आम निर्वाचनको मिति सार्वजनिक नहुँदा बंलादेशमा वाजेद सरकारको आलोचना बढ्दै गएको छ।
यसअघि बिहीबार बिम्स्टेक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले बंगलादेशले आफ्नो स्वतन्त्रताको सुरुवाती दिनदेखि क्षेत्रीय संगठनमा जोड दिएको बताएकी थिइन्। उनले यस क्षेत्रको समृद्धिका लागि शान्ति र स्थायित्वमा जोड दिएकी छन्।
बंगलादेशले बिम्स्टेकको मौसम परिर्वतन सम्बन्धी मुद्दामा नेतृत्व लिएको र त्यसमा देखिने खालका कामहरू गरेको दाबी समेत गरिन्। विश्व राजनीति परिर्वतनशील रहेको बताउँदै उनले बिम्स्टेक त्यही अनुरूपमा अघि बढ्नुपर्ने धारणा राखेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।