काठमाडौं– झापाको गौरादह नगरपालिका–१ का स्थानीयहरुको २७ करोड रुपैयाँ लिएर फरार भएका सोमराज विक पक्राउ परेका छन्।
असार १४ गतेदेखि फरार रहेका विकलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। ५१ वर्षीय विकलाई बिहीबार साँझ काकरभिट्टाको एरियाबाट पक्राउ गरिएको हो।
उनीविरुद्ध असार २४ गते ठगी मुद्दामा मुद्दा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।