काठमाडौं– सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागले थप दुई जनालाई बिहीबार कोटेश्वरबाट पक्राउ गरेको हो।
कोटेश्वरबाट पक्राउ पर्ने व्यक्ति ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र राजन श्रेष्ठ रहेका छन्।
यसअघि बिहीबार नै विभागले एक जना चिनियाँ नागरिकलाईसमेत पक्राउ गरेको थियो। दिउँसो पक्राउ परेका चिनियाँ नागरिक लिन चुहान सात महिनादेखि नेपालमै रहेको पाइएको छ।
महाराजगञ्जना रहेको ल्याण्ड लाइन ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि कम्पनीको बिजनेश भिसा लिएर ७ महिनादेखि नेपालमा बसेको पाइएको हो।
भन्सारबाट जाँचपास भइर बाहिरिएको एक सय किलोभन्दा बढी सुन बुधबार राति विभागले बरामद गरेको थियो।
यो प्रकरणमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले अप्रेशन जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।