काठमाडौं- राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब १ क्विन्टल सुन आएको रेडी ट्रेड कम्पनीको नाममा थप सामान पनि विमानस्थल भन्सारमा आइपुगेको पाइएको छ। उक्त कम्पनीकै नाममा थप सामान आएको सूचना आएपछि अहिले राजश्व अनुसन्धान विभागको टोली भन्सार कार्यालयमा पुगेको छ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना आफैं अहिले विमानस्थल भन्सार कार्यालय पुगेका छन्। यसअघि स्कुटरको ब्रेक सुमा आएकै शैलीमा त्यस्तै किसिमका थप सामान भन्सार आइपुगेका जानकारी पाएपछि ढंगाना भन्सार पुगेका थिए।
सामान आएको कम्पनी पक्राउ परेका व्यक्ति दिलिप भुजेलको नाममा दर्ता छ। भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको हो। अहिले फेरि यही कम्पनीको नाममा थप सामानहरु आएपछि सुन हुनसक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।