• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महिला हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  ०२:०३
1140x725

महिला हिंसाको विषय उठान गर्ने बित्तिकै समाजमा महिलावादी भनेर बुझ्ने गरिन्छ। कतिपय सन्दर्भमा महिलाको पक्षमा बोल्ने वा लेख्ने पुरुषलाई नै समेत पनि गलत मनसायले हेरिने गरेको यथार्थता पनि यदाकदा सुन्न पाइन्छ। तर जे होस्, महिला हिंसा न्यूनीकरण गर्ने प्रयास गर्नु सचेत नेपालीको दायित्व हो। 

बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली चेलीका विषयमा केही समय पहिले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति विवादास्पद र भाइरल बन्यो। सार्वजनिक पद धारण गरेको राजनैतिक नेतृत्वले दिएको अभिव्यक्ति अपमानजनक मानियो। महिला अधिकारवादीले चर्को विरोध गरे। अन्ततः राजीनामा दिन बाध्य भए उनी। यही सन्दर्भमा बिएमसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईका विरुद्धमा पनि सडक र सदनमा आवाज उठ्यो। तर उनी कुनै कारबाहीको घेरामा परेनन्। 

२०७५ जेष्ठ २२ देखी लेडीजेसीस इटहरी र पल इन्टरटेन्मेन्टले इटहरीमा मिस सुनसरी प्रतियोगिताको आयोजनामा ग¥यो। आयोजकसमेत रहेको पल इन्टरटेन्टमेन्टका अध्यक्ष अमीत पौडेलले प्रतियोगी युवतीको संवेदनशील अङ्गमा छुने र अश्लील शब्दले सम्बोधन गरेर ‘सेक्सुअल ह्यारेस्मेन्ट’ गरेको कुरा सार्वजनिक भयो। लेडी जेसीस र पल इन्टरटेन्टमेन्टले घटना भित्रभित्रै लुकाउने प्रयास गरे। पीडित युवतीहरू पनि समाजमा बदनाम हुने भयको कारण खुलेर बोल्न सकेनन्। अन्ततः घटना सार्वजनिक भयो र कार्यक्रम समेत स्थगित भयो।

माथिका दुवै घटनामा समाजका प्रतिष्ठित भनिएका व्यक्तिको संलग्नता छ। समाजमा राम्रो नाम चलेका अनुहारबाट नै महिलाको विषयमा गरिएका असामाजिक व्यवहार हाम्रो  समाजको चरित्रचित्रण गर्ने ऐना हो। यत्ति हेरे हाम्रो समाजका धेरै कुरा बुझ्न गाह्रो छैन। 

महिला अधिकारको वकालत गर्ने र समाजमा शान्ति स्थापना गर्ने भनिएका संस्था घटना ढाकछोप गर्न खोज्नु र पीडकको बचाउमा लाग्नु लाजमर्दो विषय हो। 

समाजमा आदर्शका रुपमा लिइने यस्ता घटनाले हाम्रो सामाजिक मर्यादाको खिल्ली उडाइरहेको छ। समाज विज्ञानको अवधारणामा शासकहरू सजिलै परिवर्तन हुन सक्छन्, अथवा गर्न सकिन्छ। शासनशैली परिवर्तन हुन थोरै समयले पुग्दैन। 

नेपाली समाजमा शासकहरू परिवर्तनको सिलसिला चलिरहेकै छ। तर शासनशैली भने परम्परागत ढंगबाट नै अगाडि बढिरहेको देखिन्छ। 

पितृसत्ताले सुरुदेखि नै समाजमा शासन गरिरहेको छ। महिलामाथि दमन गर्न उसको श्रम, शरीर र क्षमतामाथि नियन्त्रण गरिहेको छ पितृसत्ताले। महिलाको यौनिकतामाथि पनि पितृसत्ताकै नियन्त्रण छ। धर्म र सांस्कृतिक अवयवको सहारामा महिलामाथि नियन्त्रण कायमै राख्ने दाउमा छ पित्तृसत्ता। महिलासँग केवल यौनांग मात्र हुन्छ भन्ने अवधारणा अझै पुरानो हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

हरेक सामाजिक संस्थालाई सक्रीय बनाउन पुरुषभन्दा महिलाको भूमिका बढी हुन्छ। सामाजिक अवयवमाथि पुरुषवादी सोचको नियन्त्रण कायमै छ। नेपाली समाजको सामाजिक मनोविज्ञानले अझैसम्म पितृसत्ताको पक्षपोषण गरिरहेकै छ। ‘स्त्रिया चरित्रम्, पुरषस्य भाग्यम् दैवो नजानाति कुतो मनुष्यः’ अर्थात् स्त्रीको चरित्र र पुरुषको भाग्य दैवलाई पनि थाहा हुँदैन, मानिसलाई झन् कसरी थाहा हुन सक्छ, भन्ने जस्ता उक्ति उतिकै बलिया प्रमाणका रुपमा प्रस्तुत गरिन्छ। 

महिलाको चरित्रमाथि प्रश्न गर्ने समाजले पुरुषको सोच र व्यवहारको विषयमा कहिल्यै ‘चुँ’ सम्म गर्दैन। महिलालाई सुन्दरतासँग जोडेर मुल्यांकन गरिन्छ। महिला पनि ‘सुन्दर हुनु नै सम्पूर्ण क्षमता हुनु’ हो भन्ने भ्रममा परिरहेका छन्। 

पुरुषको छत्रछाया विना महिलाले केही पनि गर्न सक्दैनन् भन्न भ्रम यथावतै छ। समाजको मूल नीति राजनीतिमा नै महिला हिंसाबाट मुक्त हुन सकेको छैन। महिलाहरू कोटाको लागि मात्र लायक देख्ने राजनैतिक नेतृत्वले महिलालाई दोस्रो दर्जाको रूपमा सम्बोधन गरिरहेको छ। पुरुष नेताहरूमा मात्र हैन महिला नेतृत्वमा पनि एउटै सोच हाबी नै छ। उनीहरू आफै खुल्ला प्रतिस्प्रधाबाट पछाडि हट्ने गर्छन्। यसको दोष कुनै महिला अथवा पुरुषको मात्रै हैन। यो हाम्रो समाजको परम्परागत अभ्यास र संकुचित मानसिकताको उपज हो।

हाल नेतृत्वमा रहेको पुस्ताले महिला दोस्रो दर्जाकै नागरिक हुन भनेर सिकेको वास्तविकता लुकाएर पनि लुक्न सकेको देखिँदैन। त्यही सिकाइको उपयोग अहिले भइरहेको छ। सामन्तवादी संस्कारमा हुर्किएको पुस्ताले अझसम्म आधुनिकताको अभ्यास गर्न सकेको देखिँदैन। लब्धप्रतिष्ठीतहरूबाट नै नकारात्मक टीप्पणी हुने गरेको हामीले सुनेकै हो। अति उत्साहित हुँदा वा निराशा व्यक्त गर्दा वा वा उन्मादमा त्यस्ता अभिव्यक्तिहरू बाहिर निस्कन्छन्। 

Xtrem

Xtrem

बलात्कार र हत्याजस्ता अमानवीय महिला हिंसा भइरहँदा कारण पनि उतिकै खोतल्न जरुरी छ। खासमा अहिलेको नेपाली समाज पूँजीवादी प्रकतिको छ। पूँजीवादमा मानिसको हैसियत आर्थिक रूपमा मात्र मापन गरिन्छ। बाहिरी आदर्शका धेरै कुरा हुन्छन् तर भित्रीरूपमा पैसा वा पुँजी नै प्रधान विषय बनिरहेको हुन्छ। प्रेम, विवाह, नाता÷सम्बन्ध पनि मौद्रिक मूल्य अनुसार नै परिचालित भइरहेका छन्। 

आम्दानी कम भएको युवक जति नै गुणवान् भए पनि प्रेम वा विवाहको लागि उपयुक्त ठहर्दैन। आर्थिक हिसाबमा कमजोर परिवारलाई आफ्नै आफन्तले समेत कम महत्व दिने गरेको यथार्थता हामी सामु छर्लङ्ग छ। आर्थिक रूपमा सबल भएपछि नैतिकता, इमान्दारिताजस्ता गुणहरू गौण बन्दै जान्छन्। 

परिवारिक आर्थिक व्यवस्थापनको जिम्मा पुरुषकै काँधमा छ। प्रेम सम्बन्धमा पनि प्रेमीको कमाइ र प्रेमिकाको रूप प्रधान हुने गर्छ। यसले पनि के देखाउँछ भने महिलाले सुन्दरी भए पुग्छ, अरू क्षमता चाँहिदैन। त्यसैले पितृसत्ता महिलामाथि शासन कायम राखिराख्न सफल भएको छ। 

अरुको आम्दानीमा निर्भरहुनु आफैमा परनिर्भरता हो। परनिर्भर मानिस स्वभावैले कमजोर हुन्छ। महिला आफै आत्मनिर्भर बन्न नसक्नु र राज्यले पनि त्यसमा कुनै ध्यान नदिनु समस्याको मुख्य कारण हो। 

बोक्सीको आरोपमा महिलामाथि शारीरिक र मानसिक हिंसा भइरहेको छ। तराईका जिल्लामा दाइजो नल्याएको निहुँमा महिलाहरू जिउँदै जल्छन्। छाउपडी प्रथाका कारण गोठमा बस्दा गोठ भत्किएर होस् वा सर्पको डसाइले नै किन नहोस् महिलाको ज्यान गइरहेकै छ। बलात्कारलगायतका यौन हिंसा सहेर बस्न बाध्य छन् सयौँ महिलाहरू। महिला हिंसा विरुद्ध सरकारले चलाएको अभियान प्रभावकारी हुन सकेको छैन।  

छाउपडी हटाउन सयौँको संख्यामा एनजिआे/आइएनजिओ परिचालन गरिए। छाउगोठ भत्काइयो। तर मासिकश्राव हुँदा के गर्ने? कसरी सरसफाइ गर्ने? चेतनामूलक शिक्षा दिइएन। दाइजो महापाप हो भनियो, तर मन्त्रीहरूको मुख्य सम्पत्तिको श्रोत नै दाइजो बन्यो। यौन हिंसा अपराध हो भनियो, तर कानुनका रक्षक नै बलात्कार जस्तो जघन्य अपराधको मिलापत्र गरेर पैसा लिइरहेका छन्। यसले पनि राज्य कति पितृसत्तात्मक छ भन्ने कुरा स्पष्ट छर्लङ्ग छ।  

विगतको भन्दा हिंसाको प्रकृति फरक भएको छ। औपचारिक नाता/सम्बन्ध स्थापित गरेर पनि हिंसा भइरहेका छन्। काका, मामा, छिमेकी, प्रेमी आदिबाट समेत महिला हिंसा भइरहेकै छन्। सामाजिक सञ्जालको दुरुपयोगका कारण भित्रीरूपमा धेरै महिलाहरू पिडा खपेर बस्न बाध्य छन्। जो खुलेर समस्या देखाउन सक्दैनन् र उनीहरू समाधान निकाल्न पनि पनि सक्दैनन्। अन्ततः आत्महत्यालाई नै विकल्पका रुपमा लिने गरेका महिला पनि छन्। 

केही थान विज्ञप्ति, जुलुस र डेलीगेसनले मात्र महिला हिंसाको न्यूनीकरण हुँदैन। व्यक्ति र समाजको सोच बदल्न जरुरी छ। महिला कुनै वस्तु हैन भन्ने भावना विकास गराउन सक्नुपर्दछ। महिला अधीकारवादीबाट मात्र हैन, सम्पूर्ण सामाजिक प्राणीबाट महिला हिंसा वर्जित गराइनुुपर्छ । बलात्कारीलाई समाजमा अस्वीकार गर्ने आँट हुनुपर्‍यो। बलात्कारमा परेकी महिलाको कुनै दोष हुँदैन। एकपक्षीय पुरुषवादी सोच प्रस्थिापन गर्न जरुरी छ। यो भन्दा पहिला हरेक महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  ०२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् बुधबार, असोज ७, २०८३
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्