काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरेर आर्थिक वर्ष २०७९/८० मा १ करोड ९८ लाख जरिवाना उठाएको छ। विभागले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ३ हजार ६९५ पटक बजार अनुगमन गरिएको छ।
अनुगमनको क्रममा ७९९ वटा फर्मले उपभोक्ता हित विपरीत गरेकोले विभागले कारबाही स्वरुप १ करोड ९८ लाख जरिवाना संकलन गरेको जनाएको छ।
विभागकले जारी गरेको प्रतिवेदन अनुसार १ हजार ४८० फर्मको अवस्था सामान्य, ९१ वटा फर्मबाट अखाद्य वस्तु संकलन गरेर नष्ट, १ हजार १५५ फर्मका कागजातहरु अध्ययनका लागि माग गरिएको उल्लेख छ। यस्तै, विभागले २१३ वटा फर्मको कैफियत भने खुलाएको छैन।
सो प्रतिवेदनमा ९१ वटा फर्मबाट १ करोड ६४ लाखमाथिको अखाद्य वस्तु नष्ट गरेको उल्लेख छ।
त्यस्तै, होटल तथा रेष्टुरेण्ट र रेडिमेड तथा थान कपडाका बिक्रेताहरुले म्याद गुज्रेको र सडेका सामग्री बेचेकोमा क्रमश: २३ लाख र १६ लाख जरिवाना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।